वीरगंज , जेठ १७ –
टिकटकमार्फत चर्चित बनेकी तुलसा अधिकारी (तुलसी अधिकारी) लाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा पक्राउ परेकी अधिकारीलाई शनिबार राति काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दा दायर भइसकेको छ । सरकारी वकिल कार्यालयले २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
प्रहरीका अनुसार ललितपुरका एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाउने धम्की दिँदै रकम असुलेको आरोपमा उनीविरुद्ध अनुसन्धान गरिएको हो । व्यवसायीले अधिकारीले आफूबाट ४ करोड ५० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामान लिएको दाबी गरेका छन् ।
उनीलाई थुनछेक प्रयोजनका लागि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ । मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी रहेका छन् ।







