सुकुमवासीबारे प्रधानमन्त्रीको प्रतिक्रिया : ३५ बर्षमा नभएको काम ३५ दिनमा सम्भव छैन

1200x150_1200x150-01.jpg (1)

वीरगंज , जेठ १७ –

प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं उपत्यकाका सुकुमवासीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा उनले सुकुमवासीको उचित व्यवस्थापनका लागि सरकार काम गरिरहेको बताए ।

प्रधानमन्त्री शाहका अनुसार वास्तविक सुकुमवासीको पहिचान गरी उनीहरूलाई होल्डिङ सेन्टरमार्फत व्यवस्थापन गर्ने र आवश्यक जग्गाको व्यवस्था गर्ने योजना अघि बढाइएको छ ।

उनले समस्या समाधान एकैपटक सम्भव नभएको भन्दै क्रमिक रूपमा काम हुने उल्लेख गर्दै “३५ वर्षमा नभएको काम ३५ मिनेटमा सम्भव नहुने” धारणा राखे ।

भर्खरै

सम्बन्धित पोस्टहरुः