वीरगंज , जेठ १७ –
प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यसबारे स्पष्टता माग गरेको छ ।
आइतबार प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवाद कूटनीतिक छलफलमार्फत समाधान गर्ने बताएका थिए । सोही क्रममा उनले नेपालतर्फबाट पनि भारतीय भूमि मिचिएको आफूले थाहा पाएको बताएका थिए ।
यस अभिव्यक्तिपछि कांग्रेसले गम्भीर प्रश्न उठाउँदै तथ्यसहित विवरण सार्वजनिक गर्न माग गरेको छ । प्रमुख सचेतक वासना थापाले उक्त दाबी कहाँ र कुन आधारमा गरिएको हो भन्ने स्पष्ट पार्नुपर्ने बताएकी छन् ।
उनले प्रधानमन्त्रीको भनाइ सही हो भने आधिकारिक रूपमा प्रमाण प्रस्तुत गर्नुपर्ने र गलत भए संसदीय रेकर्डबाट हटाउनुपर्ने धारणा राखेकी छन् ।







