सामाजिक योगदानका लागि मनोज रामलाई सम्मान

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ १८ –

दलित समुदायको शिक्षा र सामाजिक न्यायका क्षेत्रमा सक्रिय पर्साका युवा अभियन्ता मनोज रामलाई काठमाडौंमा सम्मान गरिएको छ ।

रण–अम्बिका शाह सेवा गुठी नेपालको तेस्रो वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा रामलाई ‘रण–अम्बिका शाह सेवा सहयोग पुरस्कार–२०८३’ प्रदान गरिएको हो । पुरस्कारअन्तर्गत उनलाई नगद ५० हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।

पूर्वराजदूत जयराज आचार्य ले रामलाई सम्मान हस्तान्तरण गरेका थिए । गुठीका अध्यक्ष चिन्तामणि नाथ योगी का अनुसार दलित तथा सीमान्तकृत समुदायको उत्थान, शिक्षा र सामाजिक सेवामा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै रामलाई सम्मान गरिएको हो ।

रामले पर्साका विभिन्न दलित बस्तीमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्दै आएका छन् । उनका शैक्षिक अभियानबाट एक हजारभन्दा बढी बालबालिका लाभान्वित भएका छन् । साथै, उनी दलित अधिकार, मानव अधिकार र सामाजिक विभेदविरुद्ध निरन्तर सक्रिय रहँदै आएका छन् ।

भर्खरै

सम्बन्धित पोस्टहरुः