search

spot_img
spot_img

मिल सञ्चालन गर्न उखु उत्पादक सङ्घको

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ भदौ । रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सलाई पुनः सञ्चालन गर्न उखु उत्पादक सङ्घ रौतहटले दबाबमूलक कार्यक्रमको आयोजना गरेको छ । उद्योगको प्राङ्गणमा शनिवार सङ्घले किसानहरूको भेला आयोजना गरेर राज्यमन्त्री, सांसद तथा विभिन्न दलका नेताहरूलाई आन्दोलनमा साथ दिन आह्वान गरेको छ । किसानहरूको आमसभामा पुगेका राजनीतिक अगुवाहरूले उद्योग सञ्चालनमा आफूहरू सहयोग गर्न तयार रहेको बताउँदै उद्योग सञ्चालन नगरे कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।
मधेस प्रदेशका राज्यमन्त्री शेख अबुल कलाम आजादले उद्योग सञ्चालनमा रहेका समस्यालाई मधेस प्रदेश सरकारले समाधानका लागि सहजीकरण गर्न तयार रहेको बताउँदै रौतहटको आर्थिक विकास मुख्यगरी किसानहरूको समृद्धिको लागि चिनीमिल सञ्चालन हुनु अति आवश्यक रहेको बताए ।
यसैगरी, सङ्घीय सांसद देवप्रसाद तिमल्सिनाले उद्योग सञ्चालनको लागि संसद्मा आफूले आवाज उठाएको तथा उद्योगपतिसँग पनि समन्वयका लागि आग्रह गरेको बताउँदै किसानको हकहितको लागि उद्योग सञ्चालन गर्नु अपरिहार्य रहेको बताए ।
यसैगरी, सङ्घीय सांसद किरण साहले सडक र सदन दुवैमा आफू सङ्घर्ष गर्न तयार रहेको तर उद्योग सञ्चालन गराएर मात्र आफूले विश्राम लिने बताएकी छन् ।
यसैगरी, प्रदेश सांसद जीतेन्द्र यादवले किसानको समृद्धि र भविष्यसित उद्योग सञ्चालनको सवाल गाँसिएकोले उद्योग सञ्चालन गराउन किसानको सङ्घर्षमा आफूले हरेक किसिमले साथ दिन तयार रहेको बताएका छन् ।
किसानसभालाई गरुडा नगरपालिकाका प्रमुख कन्थमणिप्रसाद कलवार, बौधीमाई नपाका प्रमुख प्रदीपकुमार यादव, वृन्दावन नपाका प्रमुख विनोद पटेल, पूर्वराज्यमन्त्री डा वंशीधर मिश्र, पूर्वराज्यमन्त्री योगेन्द्र यादव, पूर्वसांसद रामकुमार भट्टराई, रामस्नेही यादव, बृजकिशोर यादवसहित दर्जनौं नेताहरूले सम्बोधन गर्दै उद्योग सञ्चालन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । साथै उद्योगको कुनै पनि पाटपुर्जा आफूहरूले लैजान नदिने चेतावनी पनि दिएका छन् ।
उद्योग व्यवस्थापनले २०७७ साउन ११ गते सूचना प्रकाशित गरी उद्योग स्थायीरूपले बन्द गरिएको जनाएको थियो । यसैगरी, व्यवस्थापन पक्षले नेपाल बैंक लिमिटेडसित मिलेर उद्योगका सम्पूर्ण मेशिनरी पाटपुर्जालाई टेन्डर प्रक्रियामार्फत गत साउन ४ गते बिक्री गरिसकेको छ ।
पाँच वर्षभन्दा बढी समयदेखि पूर्णतया ठप्प रहेको उद्योगको सञ्चालनको लागि उखु उत्पादक सङ्घले निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आएको छ । सङ्घका अध्यक्ष अशोकप्रसाद यादवले उद्योगका पाटपुर्जा जसले किनेको भएपनि लैजान नदिने तथा उद्योग सञ्चालनको वातावरण बनाउन आफूहरूले जुनसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन् ।
उद्योग बन्द भएपछि जिल्लाको आर्थिक क्षेत्रका साथै अर्थसित जोडिएका विभिन्न पक्षमा स्थानीयवासी, किसान, व्यवसायी तथा कर्मचारीसमेतलाई नोक्सान पुगेको विश्लेषण गरिएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads