काठमाडौं, जेठ १८ –
प्रधानमन्त्री बालेन शाहले संसद्मा “नेपालले पनि भारतको जग्गा मिचेको” अभिव्यक्ति दिएपछि संघीय संसद्का दुवै सदनमा तीव्र विरोध भएको छ । विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।
नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको अभिव्यक्तिलाई निन्दनीय, घोर आपत्तिजनक र राष्ट्रिय हितविपरीत भएको टिप्पणी गरेका छन् । कांग्रेसका सचेतक निस्कल राईले प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा उभिएर नेपालले भारतको कुन–कुन भूभाग मिचेको हो भन्ने तथ्य सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
राष्ट्रिय सभामा कांग्रेसका रञ्जित कर्णले २४ घण्टाभित्र तथ्य सार्वजनिक गर्न अल्टिमेटम दिँदै नसके जनतासँग माफी माग्नुपर्ने बताएका छन् । नेकपाकी राजेन्द्रलक्ष्मी गैरेले प्रधानमन्त्रीले कुन आधारमा यस्तो अभिव्यक्ति दिएको भन्दै स्पष्ट जवाफ माग गरेकी छन् । एमालेकी रामकुमारी झाँक्रीले प्रधानमन्त्रीको भनाइले स्वाभिमानी नेपालीको शिर निहुरिएको टिप्पणी गरेकी छन् भने राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले उक्त अभिव्यक्तिलाई राष्ट्रघाती भन्दै सच्याउन माग गरेका छन् ।
विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन, माफी माग्न तथा आवश्यक छानबिन गर्न माग गर्दै संसद् अवरुद्ध पारेका छन् । प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले राष्ट्रिय राजनीति तताएको छ ।प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध संसद् अवरुद्ध, चौतर्फी आलोचना
काठमाडौं, जेठ १८ – प्रधानमन्त्री बालेन शाहले संसद्मा “नेपालले पनि भारतको जग्गा मिचेको” अभिव्यक्ति दिएपछि संघीय संसद्का दुवै सदनमा तीव्र विरोध भएको छ । विपक्षी दलहरूको अवरोधपछि राष्ट्रिय सभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ भने प्रतिनिधिसभामा पनि अवरोध कायमै रहेको छ ।
नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको अभिव्यक्तिलाई निन्दनीय, घोर आपत्तिजनक र राष्ट्रिय हितविपरीत भएको टिप्पणी गरेका छन् । कांग्रेसका सचेतक निस्कल राईले प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा उभिएर नेपालले भारतको कुन–कुन भूभाग मिचेको हो भन्ने तथ्य सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
राष्ट्रिय सभामा कांग्रेसका रञ्जित कर्णले २४ घण्टाभित्र तथ्य सार्वजनिक गर्न अल्टिमेटम दिँदै नसके जनतासँग माफी माग्नुपर्ने बताएका छन् । नेकपाकी राजेन्द्रलक्ष्मी गैरेले प्रधानमन्त्रीले कुन आधारमा यस्तो अभिव्यक्ति दिएको भन्दै स्पष्ट जवाफ माग गरेकी छन् । एमालेकी रामकुमारी झाँक्रीले प्रधानमन्त्रीको भनाइले स्वाभिमानी नेपालीको शिर निहुरिएको टिप्पणी गरेकी छन् भने राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले उक्त अभिव्यक्तिलाई राष्ट्रघाती भन्दै सच्याउन माग गरेका छन् ।
विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन, माफी माग्न तथा आवश्यक छानबिन गर्न माग गर्दै संसद् अवरुद्ध पारेका छन् । प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले राष्ट्रिय राजनीति तताएको छ ।