मलेशियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध

1200x150_1200x150-01.jpg (1)

काठमाडौं, जेठ १८ –

मलेशियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएको छ । आजदेखि लागू भएको नयाँ कानूनी व्यवस्थाअनुसार १६ वर्षभन्दा कम उमेरका बालबालिकाले सामाजिक सञ्जालमा खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन् ।

नयाँ नियमअनुसार सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ । साथै १६ वर्षमुनिका बालबालिकाको खाता दर्ता रोक्न र त्यस्ता खाता पहिचान गरी नियन्त्रण गर्नुपर्ने जिम्मेवारी पनि कम्पनीहरूकै हुनेछ ।

यो व्यवस्था फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबलगायत प्रमुख सामाजिक सञ्जालमा लागू हुने भएको छ । नियम उल्लंघन गर्ने कम्पनीलाई १ करोड मलेशियन रिङ्गिटसम्म जरिवाना हुन सक्ने व्यवस्था गरिएको छ ।

बालबालिकालाई साइबर दुव्र्यवहार, हानिकारक सामग्री, मानसिक दबाब तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट जोगाउने उद्देश्यले सरकारले यो कदम चालेको जनाएको छ । मलेशिया यस्तो नीति लागू गर्ने विश्वका केही देशमध्ये एक बनेको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः