विश्वकपमा गोलकिपरको रणनीतिक ‘टाइमआउट’ बन्द

1200x150_1200x150-01.jpg (1)

काठमाडौं, जेठ १८ –

सन् २०२६ को विश्वकप फुटबलमा गोलकिपर घाइते भएको बहानामा खेल रोक्दै प्रशिक्षकसँग रणनीतिक छलफल गर्ने अभ्यासमा प्रतिबन्ध लगाइने भएको छ ।

फिफाका रेफ्री प्रमुख पियरलुइजी कोलिनाले गोलकिपर घाइते भएको निहुँमा खेलको लय बिगार्ने र विपक्षी टोलीलाई असर पार्ने उद्देश्यले अपनाइने ‘रणनीतिक टाइमआउट’ रोक्न नयाँ नियम लागू गरिएको बताएका छन् । अब खेलका क्रममा गोलकिपर घाइते हुँदा अन्य खेलाडीहरू प्रशिक्षकसँग सल्लाह गर्न प्राविधिक क्षेत्रमा जान पाउने छैनन् ।

यस्तै अन्तर्राष्ट्रिय फुटबल नियम निर्माण निकायले भिडियो सहायक रेफ्री प्रणालीसम्बन्धी नियममा पनि परिवर्तन स्वीकृत गरेको छ । नयाँ व्यवस्थाअनुसार कर्नर वा स्वतन्त्र प्रहारअघि भएका फउलसमेत भिडियो प्रविधिबाट पुनरावलोकन गर्न सकिनेछ ।

२३औँ संस्करणको विश्वकप फुटबल आगामी जेठ २९ गतेदेखि मेक्सिको, अमेरिका र क्यानडामा संयुक्त रूपमा सुरु हुँदैछ । पहिलो पटक तीन देशले संयुक्त आयोजना गर्न लागेको प्रतियोगितामा यसपटक ४८ टोली सहभागी हुनेछन् । सहभागी टोलीलाई १२ समूहमा विभाजन गरिएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः