वीरगंजमा बजार अनुगमन, सोडा मिसिएको २० लिटर दूध नष्ट

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ १८ –

वीरगंजका डेरी उद्योग तथा किराना पसलहरूमा सोमबार गरिएको संयुक्त बजार अनुगमनका क्रममा सोडा मिसिएको २० लिटर दूध नष्ट गरिएको छ भने विभिन्न व्यवसायीलाई जरिवाना गरिएको छ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको नेतृत्वमा गरिएको अनुगमनमा वीरगंज–८ स्थित मंगलम डेरीमा परीक्षण गरिएको दूधमा सोडा मिसिएको फेला परेपछि उक्त दूध नष्ट गरिएको थियो। साथै डेरीलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ।

त्यसैगरी वीरगंज–६ घण्टाघरस्थित पतञ्जली आयुर्वेदलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। लोहारपट्टीस्थित जय दुर्गा भण्डारमा लेबल नभएको २७ केजी तरबुजाको बिउ र १० केजी चियापत्ती नष्ट गर्दै कानुनी कारबाही गरिएको अनुगमन टोलीले जनाएको छ।

जनकपुरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालयको मोबाइल ल्याब भ्यानसहित जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरू अनुगमनमा सहभागी थिए।

अनुगमन टोलीले उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने व्यवसायीमाथि कानुनी कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

सम्बन्धित पोस्टहरुः