प्रधानमन्त्रीको अभिव्यक्तिबारे सरकारको स्पष्टीकरण

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ १९ –

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल–भारत सीमा विवाद सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छन्। उनले सीमा विवाद पुरानै कूटनीतिक संयन्त्र र वार्तामार्फत समाधान हुने बताएका छन्।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको दाबी नगरेको स्पष्ट पारे। सीमा विवाद समाधानका क्रममा अर्को पक्षबाट यस्ता विषय उठ्दा आफू अचम्ममा परेको कुरा मात्रै प्रधानमन्त्रीले सदनमा राखेको उनको भनाइ छ।

उनले नेपाल र भारतबीच सीमा सम्बन्धी विषय समाधान गर्न विभिन्न संयन्त्र सक्रिय रहेको उल्लेख गर्दै आवश्यक प्रक्रिया कूटनीतिक माध्यमबाट अघि बढिरहेको बताए। दुवै देशले एकअर्कालाई कूटनीतिक नोट पठाइसकेको र संवादमार्फत विवाद समाधान गर्ने सरकारको नीति रहेको उनले बताए।

मन्त्री पोखरेलले आवश्यक परे प्रधानमन्त्री फेरि संसद्मा उपस्थित भएर थप जवाफ दिन तयार रहेको पनि बताएका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः