वीरगंज, जेठ १९ –
रौतहटको देवाही गोनाही नगरपालिका–४ मा करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय बिजेन्द्र पटेलकी छोरी वर्षा कुमारी पटेल रहेकी छन्। मंगलबार बिहान आफ्नै घरको धारामा नुहाउने क्रममा मोटरको विद्युत् लाइनबाट करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन्।
उपचारका लागि उनलाई सुकदेव चोकस्थित नेपाल तराई सिटी अस्पताल लगिएको थियो। तर चिकित्सकले जाँचका क्रममा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







