वीरगंज , १९ जेठ –
पर्सा जिल्ला अदालतले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश गायत्री प्रसाद रेग्मीको १ नं इजलासले लिखत सम्बन्धी कसुरमा रु ४ लाख र झुटो विवरण पेश गरी नागरिकता बनाएको मुद्दामा रु १५ हजार गरी कुल ४ लाख १५००० धरौटी लिएर रिहा गर्न आदेश गरेको पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले जानकारी गराए ।
पर्सा प्रहरीले यी दुई मुद्दामा आरोपित रहेका मेयर सिंहलाई आज जिल्लाको ठोरीबाट पक्राउ गरी पर्सा जिल्ला अदालतमा बुझाएको थियो । एक नम्बर इजलासमा थुन्छेक बहस भएर यस्तो किसिमको आदेश आएको श्रेस्तेदार मल्लिकले बताए।
उक्त मुद्दाका अन्य फरार दुईजना अदालतमा हाजिर भएपछि कानुनी प्रक्रिया अगाडि बढाइनेछ।







