भारत सरकारको सहयोगमा रौतहटमा विद्यालय भवन निर्माण सुरु

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २० –

भारत सरकारको आर्थिक सहयोगमा रौतहटको राजदेवी नगरपालिका–४ स्थित श्री प्राथमिक विद्यालयमा नयाँ विद्यालय तथा पुस्तकालय भवन निर्माण कार्य सुरु भएको छ।

भारतका लागि वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीना र राजदेवी नगरपालिकाका मेयर भिखारी प्रसाद यादवले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्।

भारत सरकारको २ करोड ८४ लाख रुपैयाँ बराबरको अनुदान सहयोगमा निर्माण हुने उक्त भवनमा भर्याङसहित दुई तले संरचना, आठ कक्षाकोठा, छात्र–छात्राका लागि छुट्टाछुट्टै शौचालय, सेप्टिक ट्याङ्की, सोक पिट, ट्युबवेल तथा अन्य आवश्यक पूर्वाधार निर्माण गरिने जनाइएको छ।

उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण हुन लागेको यो परियोजना राजदेवी नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालाहरूले शिक्षा क्षेत्रमा भारत सरकारले प्रदान गर्दै आएको सहयोगको प्रशंसा गरेका थिए।

भारतीय महावाणिज्य दूतावासले नेपाल र भारतबीचको विकास साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यअनुसार शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा सहयोग जारी रहने जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः