लुम्बिनीमा एमालेका मन्त्रीद्वारा सामूहिक राजीनामा

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २० –

लुम्बिनी प्रदेश सरकारका नेकपा एमालेका चार जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। मन्त्रीहरूले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले जानकारी दिएका छन्।

राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्थी तथा स्वास्थ्यमन्त्री खेम सारु रहेका छन्।

एमालेले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीस्वरूप पुराना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेको जनाएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य पनि एमालेकै नेता हुन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः