बेपत्ता बालिका सिद्धिको बारेमा सुचना दिनेलाई पुरस्कारको घोषणा

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २० –

वीरगंज निवासी बालिका सिद्धि मिश्र गत वैशाख १६ गतेदेखि रहस्यमय परिस्थितिमा बेपत्ता भएकी छन्। परिवारले विभिन्न स्थानमा खोजतलास गरे पनि हालसम्म उनको अवस्थिति खुल्न सकेको छैन।

परिवारका अनुसार सिद्धि अचानक सम्पर्कविहीन भएपछि आफन्त, चिनजानका व्यक्ति तथा सम्भावित स्थानहरूमा व्यापक खोजी गरिएको थियो। तर हालसम्म उनको बारेमा कुनै विश्वसनीय सूचना प्राप्त नभएको जनाइएको छ।

बालिकाको खोजीलाई प्रभावकारी बनाउन भारतका प्रहरी निरीक्षक मनोज कुमार शर्माले सिद्धिको सुरक्षित उद्धारमा सहयोग पुर्‍याउने वा उनको अवस्थिति सम्बन्धी भरपर्दो सूचना उपलब्ध गराउने व्यक्तिलाई १ लाख भारतीय रुपैयाँ पुरस्कार प्रदान गरिने घोषणा गरेका छन्।

निरीक्षक शर्माले सिद्धिसम्बन्धी कुनै जानकारी भए तत्काल सम्पर्क गर्न आग्रह गर्दै आफ्नो मोबाइल तथा ह्वाट्सएप नम्बर +९१–८८५३७०३७६१ सार्वजनिक गरेका छन्।

परिवारले बालिकाको सकुशल उद्धारका लागि सहयोग गर्न तथा सूचना बढीभन्दा बढी व्यक्तिसम्म पुर्‍याइदिन सबैसँग अनुरोध गरेको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः