महोत्तरीमा लुटेराको गोली लागेर एक दम्पती घाइते

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २० –

महोत्तरीको सोनमा गाउँपालिका–३ खखना दक्षिणबारी टोलमा डकैती गर्न आएको समूहको प्रतिवाद गर्दा गोली लागेर एक दम्पती घाइते भएका छन्।

मंगलबार राति ५/६ जनाको समूहमा आएका लुटेराहरूले स्थानीय रामविश्वास यादवको घरमा प्रवेश गरी लुटपाटको प्रयास गरेका थिए। त्यस क्रममा घरमा रहेका २७ वर्षीय ईश्वर यादव र उनकी २२ वर्षीया श्रीमती किरण यादवले प्रतिवाद गरेपछि लुटेराहरूले उनीहरूमाथि गोली प्रहार गरेका थिए।

गोली लागेर घाइते भएका दुवैलाई तत्काल उद्धार गरी प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको महोत्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिए।

घटनास्थलबाट प्रहरीले एक थान गोलीको खोका बरामद गरेको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न नसकेको र फरार लुटेराहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः