महोत्तरी, जेठ २० –
महोत्तरीको गौशाला नगरपालिका–१२ कान्तिबजारस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा बुधबार अत्यधिक गर्मीका कारण १० जना छात्रा बेहोस भएका छन्।
विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का छात्राहरू अचानक बेहोस भएपछि ७ जनालाई उपचारका लागि नजिकैको कान्तिबजार स्वास्थ्य चौकीमा भर्ना गरिएको विद्यालय प्रशासनले जनाएको छ।
गर्मीका कारण कक्षाकोठामा असहज अवस्था भएपछि यस्तो घटना भएको बताइएको छ। घटनापछि विद्यालयमा केही समय पठनपाठन प्रभावित भएको थियो।







