घरमै पुगेर पासपोर्ट वितरण

1200x150_1200x150-01.jpg (1)

रौतहट, २० जेठ ।
सरकारले घोषणा गरेअनुसार आजबाट रौतहटमा सेवाग्राहीलाई घरआँगनमै पासपोर्ट वितरण सेवा औपचारिक रूपमा प्रारम्भ गरिएको छ । जिल्ला हुलाक कार्यालय रौतहटमार्पmत जिल्लाका सेवाग्राहीलाई घरमै पासपोर्ट उपलब्ध गराउने व्यवस्था शुरू भएको हो ।
यस सेवाअन्तर्गत पहिलो लाभग्राहीको रूपमा गौर नगरपालिका–२ निवासी राजु राम रहेका छन् । रोजगारीको सिलसिलामा भारतको गुजरातमा मजदुरी गर्न गएका रामको पासपोर्ट उनकी आमा गुडिया देवीले बुझ्नुभएको हो ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले गुडिया देवीलाई प्रथम पासपोर्ट हस्तान्तरण गर्दै अभियानको औपचारिक शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले सरकारको सेवा जनताको घरदैलोमै पुर्रुयाउने उद्देश्यअनुसार यो अभियान शुरू गरिएको बताउनुभयो ।
घरमै सरकारी सेवा प्राप्त भएपछि आफू निकै खुसी भएको प्रतिक्रिया दिँदै गुडिया देवीले नयाँ व्यवस्थाले सर्वसाधारणलाई सहजता मिलेको बताउनुभयो । विशेषगरी वैदेशिक रोजगारी तथा विभिन्न कामका लागि बाहिर रहेका नागरिकका परिवारलाई यो सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
पासपोर्ट वितरणमा हुलाक सेवाको प्रयोग गरिएपछि सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झनझट कम हुनुका साथै समय र खर्चसमेत बचत हुने विश्वास गरिएको छ । रौतहटमा शुरू गरिएको यो सेवा सरकारी सेवा प्रवाहलाई अझ जनमुखी, प्रभावकारी र सहज बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः