सशस्त्र प्रहरी बल मुख्यालयमा भीषण आगलागी

1200x150_1200x150-01.jpg (1)

पर्सा , २० जेठ –

काठमाडौंस्थित सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयमा बुधबार बेलुका आगलागी भएको छ। प्रारम्भिक जानकारीअनुसार विद्युतीय सवारी साधन चार्ज गर्ने क्रममा आगो लागेको आशंका गरिएको छ।

आगलागीबाट एक एआइजीको सरकारी गाडीसहित केही अन्य सवारी साधनमा क्षति पुगेको जनाइएको छ। आगो नियन्त्रणमा ल्याइएको छ भने क्षतिको यकिन विवरण सार्वजनिक हुन बाँकी छ।

यसअघि पनि सशस्त्र प्रहरी बलका विभिन्न संरचनामा आगलागीका घटना भएका थिए। २०७४ साल पुस १० गते हल्चोकस्थित मुख्यालयमा तथा २०७९ चैत २६ गते बलम्बुस्थित केन्द्रीय स्टोरमा आगलागी भएको थियो।

घटनाको कारण र क्षतिको विवरणबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाइएको छ। सुरक्षा तथा प्राविधिक पक्षबारे आवश्यक मूल्याङ्कनपछि विस्तृत विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः