भारतीय नागरिक हत्या प्रकरणका एक आरोपी बाराबाट पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २१ –

बाराको पचरौता नगरपालिका–६ लक्ष्मीनियामा २०८० असोज ८ गते भारतीय नागरिक अजित कुमार सिंहको गोली हानी हत्या गरिएको घटनामा संलग्न एक आरोपी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार भारतको बिहार राज्य, मोतिहारी जिल्ला दर्पा थाना तिनकोनी पञ्चायतका ३० वर्षीय रञ्जित मुखियालाई बुधबार पचरौता–४ बेलदारीबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार घटनामा संलग्न अजितकी पत्नी सोनम सहनीलाई घटना भएको एक सातामै पक्राउ गरिएको थियो। उनीमाथि आफ्ना प्रेमी सुजित कुमार सिंहसँग मिलेर अजितको हत्या गराएको आरोप छ। हत्या गर्नुअघि अजितलाई नेपाल–भारत सीमावर्ती क्षेत्र लक्ष्मीनियामा ल्याइएको अनुसन्धानबाट खुलेको थियो।

प्रेम सम्बन्ध र आर्थिक विवादका कारण हत्या भएको प्रहरीको निष्कर्ष छ। घटनामा संलग्न सुजित कुमार सिंह, चञ्चल पाण्डे, मनिष कुमार सहनी र कामेश्वर सहनी भने अझै फरार रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः