ट्रम्पको युद्ध अधिकार सीमित गर्ने प्रस्ताव सदनबाट पारित

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २१ –

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले राष्ट्रपति डोनाल्ड ट्रम्प लाई इरानविरुद्ध थप सैन्य कारबाही गर्नबाट रोक्ने उद्देश्यसहितको प्रस्ताव पारित गरेको छ।

चार रिपब्लिकन सांसदको समेत समर्थन पाएपछि प्रस्ताव २१५ मध्ये २०८ मतका साथ पारित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इरानसँग जारी तनाव र युद्धका विषयमा ट्रम्प प्रशासनको अधिकार सीमित गर्न अमेरिकी सांसदहरूले गरेको यो चौथो प्रयास हो।

प्रस्तावका समर्थकहरूले कांग्रेसको स्पष्ट स्वीकृतिबिना युद्ध विस्तार गर्न नहुने बताएका छन्। उनीहरूका अनुसार युद्ध घोषणा र सैन्य कारबाहीसम्बन्धी अधिकारमा संसद्को भूमिका सुनिश्चित हुनुपर्छ।

यद्यपि तल्लो सदनबाट पारित प्रस्ताव तत्काल कानुन बन्ने छैन। यसका लागि रिपब्लिकन बहुमत रहेको अमेरिकी सिनेटको स्वीकृति आवश्यक पर्नेछ। सिनेटबाट पारित भए पनि राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्न सक्ने अवस्था रहेको छ।

युद्धविरामको सहमति भएको दाबी गरिए पनि पछिल्ला दिनहरूमा अमेरिका र इरानबीच आक्रमण तथा प्रतिआक्रमणका घटनाहरू जारी रहेका छन्।

सम्बन्धित पोस्टहरुः