एशियाली छनोटमा नेपालले मलेशियालाई १६७ रनले हरायो

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २१ –

एशियाली खेलकुद छनोटमा नेपाललाई लगातार दोस्रो जित, मलेशियामाथि १६७ रनको फराकिलो जित

एशियाली खेलकुद छनोट क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। सिङ्गापुरमा बिहीबार भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले मलेशियालाई १६७ रनले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनायो। नेपालका कुशल भुर्तेलले ५४ बलमा १२६ रनको शतकिय पारी खेले। यो उनको प्रतियोगितामा लगातार दोस्रो शतक हो।

यसअघि चीनविरुद्ध पनि शतक बनाएका भुर्तेल टी–२० अन्तर्राष्ट्रियमा लगातार दुई शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन्। आसिफ शेखले ६८ रन र कप्तान दीपेन्द्र सिंह ऐरीले ३१ रनको योगदान दिए।

२७६ रनको लक्ष्य पछ्याएको मलेशिया २० ओभरमा ९ विकेट गुमाएर १०८ रनमै सीमित भयो। मलेशियाका कप्तान सयद अजिजले ५४ रन बनाए भने नेपालका शेर मल्लले ३ विकेट लिए।

यो जितसँगै नेपाल समूह ‘ए’ को विजेता बनेको छ भने मलेशिया उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन्। यसअघि दुवै टोलीले चीनलाई पराजित गरेका थिए।

समूह ‘बी’ बाट हङकङ र ओमान सेमिफाइनलमा पुगिसकेका छन्। समूह विजेता टुंगो लगाउन हङकङ र ओमानबीच अन्तिम खेल हुने भएको छ।

सम्बन्धित पोस्टहरुः