वीरगंज, २१ जेठ । जिल्ला प्रहरी कार्यालय, बाराले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय तोकिएपछि फरार रहँदै आएका ५ जना प्रतिवादीहरूलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको विशेष प्रहरी टोलीले सम्मानित बारा जिल्ला अदालतबाट दण्ड सजाय तोकिई वारदात पश्चात फरार रहेका उनीहरूलाई खोजतलास गरी जेठ २१ गते पक्राउ गरेको हो। पक्राउ परेका सबै जनालाई आवश्यक कारबाहीका लागि बारा जिल्ला अदालत समक्ष दाखिल गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा सुरेश महतो (३५ वर्ष)ः बारा फेटा गाउँँपालिका वडा नं. ४ निवासी (मुद्दाः कुटपिट अंगभंग, चालु मुद्दा), जंगी प्रसाद साह (४० वर्ष)ः बारा करैयामाई गाउँँपालिका वडा नं. ८ निवासी (मुद्दाः बैंकिङ कसुर, चालु मुद्दा), आकाश पुलामी मगर (२२ वर्ष)ः बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १६ निवासी (मुद्दाः अभद्र व्यवहार, चालु मुद्दा), नजिर मियाँ बढई (४० वर्ष)ः बारा फेटा गाउँँपालिका वडा नं. ७ निवासी (मुद्दाः लेनदेन, फैसला कार्यान्वयन), राज कपुर चौधरी (२७ वर्ष)ः बारा कलैया उपमहानगरपालिका वडा नं. २७ निवासी (मुद्दाः चोरी, सजायः १ महिना १५ दिन कैद र ५,००० रुपियाँँ जरिवाना) रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेका अनुसार फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने अभियान अन्तर्गत उनीहरूलाई नियन्त्रणमा लिइएको हो।





