गोल्डेन फ्युचर माविमा नयाँ विद्यार्थीको स्वागत कार्यक्रम

1200x150_1200x150-01.jpg (1)

वीरगंज, २२ जेठ । वीरगंज ११ ओम आश्रमस्थित गोल्डेन फ्युचर माविमा आज एक समारोहबीच यस शैक्षिकसत्रमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरिएको छ । विद्यालय परिसरमा आज विहान आयोजित स्वागत समारोह एवं युकेजी विद्यार्थीको गु्रेजुएशन सेरेमोनीको क्रममा विविध कार्यक्रम गरी विद्यार्थीहरुलाई स्वागत गरिएको विद्यालयका सञ्चालक निर्देशक डा. उमेश चौरसियाले जानकारी दिए ।

कार्यक्रमको उदघाटन प्रिन्सिपल डा. दीपेन्द्र चौधरीले गरेका थिए । सो कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत गरेका थिए । विद्यालयमा यस वर्ष करीब नर्सरीदेखि कक्षा ८ सम्म १८० भन्दा नयाँ विद्यार्थी भर्ना भएका छन् ।

विद्यार्थीहरुको चौतर्फी विकासको लागि विद्यालय गम्भीर र सूक्ष्म किसिमले लागेको सञ्चालक चौरसियाले बताए । विद्यार्थीको प्रतिभा उजागर गर्नको लागि किताबी ज्ञान मात्र नभई नैतिक र व्यावहारिक शिक्षामा पनि जोड दिएको बताए ।

हेर्नुस फोटो फिचर

सम्बन्धित पोस्टहरुः