नगर अधिवेशन विवादमा रास्वपा कार्यालयमा तालाबन्दी

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २२ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषामा नगर अधिवेशनको विषयलाई लिएर देखिएको विवाद चर्किँदै गएको छ। असन्तुष्ट कार्यकर्ताहरूले जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्।

गणेशमान चारनाथ नगरपालिकाको नगर अधिवेशनका क्रममा उत्पन्न विवाद समाधान नभएको र पार्टी नेतृत्वले विवादित समितिलाई आधिकारिकता दिन खोजेको आरोप लगाउँदै कार्यकर्ताहरू आन्दोलनमा उत्रिएका हुन्।

नगर सभापति राकेश यादवले दुवै पक्षबाट गरिएका अधिवेशन खारेज गरी नयाँ मिति तय गरेर निष्पक्ष रूपमा पुनः अधिवेशन गराउन माग गरेका छन्। असन्तुष्ट पक्षले निर्वाचन आयोगले अधिवेशन स्थगित गर्न निर्देशन दिए पनि त्यसको बेवास्ता गर्दै अधिवेशन अगाडि बढाइएको दाबी गरेको छ।

कार्यकर्ताहरूले पार्टीभित्र गुटबन्दी बढेको आरोप लगाउँदै केन्द्रिय नेतृत्वलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेका छन्। विवादको समाधान नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने उनीहरूको चेतावनी छ।

सम्बन्धित पोस्टहरुः