वीरगंज, जेठ २२ –
विश्व वातावरण दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपालले जीवन ज्योती स्कुलको सहकार्यमा वीरगंज–१५ भिस्वा डाँडा प्राङ्गणमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
“प्रकृतिको संरक्षण गरौँ, भविष्य सुरक्षित बनाऔँ” भन्ने मूल नारासहित आयोजना गरिएको ५ दिने कार्यक्रमअन्तर्गत अन्तिम दिन विभिन्न प्रजातिका २५ वटा बिरुवा रोपिनुका साथै सरसफाइ गरिएको हो।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल, अधिवक्ता प्रकाश उपाध्याय, समाजसेवी भगवान श्रेष्ठ, जीवन ज्योती स्कुलका प्रधानाध्यापक शिव गुप्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
वक्ताहरूले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र जनचेतना अभिवृद्धिको आवश्यकता औँल्याउँदै सबैले वृक्षारोपण र सरसफाइलाई निरन्तर अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा सहभागी विद्यार्थी र शिक्षकहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान समेत गरिएको आयोजकले जनाएको छ।






