पर्साका १४ पालिकालाई साक्षर घोषणा गर्ने तयारी

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार २४ –

पर्सा जिल्लाका १४ वटै स्थानीय तहलाई साक्षर घोषणा गर्ने तयारीस्वरूप जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजना तथा शिक्षा विकास तथा समन्वय इकाई पर्साको सहकार्यमा वीरगंजमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा जिल्लाका १४ वटै स्थानीय तहका शिक्षा अधिकृत, सामुदायिक विद्यालयका प्रधानाध्यापक, सामुदायिक सिकाइ केन्द्रका परिचालक तथा विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

अभिमुखीकरणमा साक्षर घोषणा गर्न आवश्यक मापदण्ड, प्रक्रिया, तथ्याङ्क व्यवस्थापन, अनुगमन तथा प्रमाणीकरणसम्बन्धी विषयमा जानकारी दिइएको थियो। साथै स्थानीय तहलाई पूर्ण साक्षर घोषणा गर्न अपनाउनुपर्ने रणनीतिबारे छलफल गरिएको थियो।

शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख मोतीप्रसाद भट्टराईका अनुसार जिल्लाका सबै स्थानीय तहले चालु आर्थिक वर्षको असार मसान्तभित्र साक्षर घोषणा गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा सहभागी सरोकारवालाले साक्षरतालाई पढ्न–लेख्न मात्र नभई जीवनोपयोगी सीप र सामाजिक सहभागितासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

सम्बन्धित पोस्टहरुः