गीता मन्दिर प्राङ्गणमा वृक्षारोपण

1200x150_1200x150-01.jpg (1)

वीरगंज, २३ जेठ ।
प्रकृति सेवा प्रतिष्ठान नेपालले गीता मन्दिर प्राङ्गणमा वृक्षारोपण गरेको छ ।

प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा भगवान श्रेष्ठ, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, युवा अभियन्ता हरेन्द्र पटेल बाबा, प्रतिष्ठानका सदस्य रूपनारायण सिंह, केदार गुप्ता, आकाश पटेल लगायतको सहभागीतामा १० थान रूखबिरूवा रोपिएको प्रतिष्ठानका सहसचिव अबिनाश झाले बताएका छन् ।

गीता मन्दिर प्राङ्गणमा पिपल, बेगनबेली, जकरन्डा, इन्द्र कमल, चाइनाक्रस, पारिजात लगायत १० वटा विभिन्न प्रजातिका रूख बिरूवा रोपिएको थियो ।

सम्बन्धित पोस्टहरुः