हङकङलाई हराउँदै नेपाल एशियाली खेलकुद छनोटको च्याम्पियन

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २५ –

नेपालले हङकङलाई पराजित गर्दै एशियाली खेलकुद पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ।

सिङ्गापुरमा सोमबार भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस नियमका आधारमा १९ रनले हराएको हो। १८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएपछि नेपाल विजयी घोषित भएको थियो।

नेपालका लागि कुशल भुर्तेलले ६५ रन बनाए भने रोहित पौडेल ३५ रनमा अविजित रहे। यसअघि ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। हङकङका अंशुमन रथले ८० तथा शाहिद वासिफले ५५ रन जोडे। नेपालका शेर मल्लले ४ विकेट लिए।

प्रतियोगितामा नेपालसँगै हङकङ, मलेसिया र ओमान एशियाली खेलकुदका लागि छनोट भएका छन्।

सम्बन्धित पोस्टहरुः