फिलिपिन्समा शक्तिशाली भूकम्प, १९ जनाको मृत्यु

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २५ –

दक्षिणी फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ भने १३४ जना घाइते भएका छन्। भूकम्पपछि ७ जना अझै बेपत्ता रहेको जनाइएको छ।

आज बिहान ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प मिन्डानाओ टापुको जेनरल सान्तोस शहर आसपास केन्द्रित भएर गएको थियो। भूकम्पका कारण विभिन्न भवन तथा संरचनामा क्षति पुगेको छ भने उद्धार तथा राहत कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।

फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पसम्बन्धी निकायले मिन्डानाओका विभिन्न ६ स्थानमा सुनामीका छालसमेत रेकर्ड गरिएको जनाएको छ। भूकम्पपछि फिलिपिन्स, इन्डोनेशिया र जापानलगायत देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए। पछि अधिकांश स्थानबाट चेतावनी हटाइएको छ।

भूकम्पपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको छ। फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले सबै सरकारी निकायलाई आवश्यक तयारी र उद्धार कार्यमा सक्रिय हुन निर्देशन दिएका छन्।

भूकम्प प्रभावित क्षेत्रमा क्षतिको पूर्ण विवरण आउने क्रम जारी रहेको छ।

सम्बन्धित पोस्टहरुः