रास्वपा बाराको अधिवेशन अनिश्चितकाल स्थगित

1200x150_1200x150-01.jpg (1)

बारा, २५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको भोलि (जेठ २६ गते) आयोजना हुने तय भएको प्रथम जिल्ला अधिवेशन स्थगित गरिएको छ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगले आज जारी गरेको ‘अत्यन्त जरूरी सूचना’ मार्पmत विविध अपरिहार्य कारणवश अर्काे सूचना जारी नभएसम्मका लागि अधिवेशनसँग सम्बन्धीत सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको जनाएको हो।
यसअघि रास्वपा बाराले जेठ २६ गते बिहान १० बजे निजगढ नगरपालिका–८ स्थित शुभकार्य बैंक्वेटमा पार्टीको प्रथम जिल्ला अधिवेशन आयोजना गर्ने तयारी पूरा गरिसकेको थियो। अधिवेशनका लागि निमन्त्रणा पत्रसमेत सार्वजनिक गरिएको थियो भने पार्टीका नेता–कार्यकर्ता तथा समर्थकमाझ उत्साह देखिएको थियो।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन के.सी. द्वारा हस्ताक्षरित सूचनामा जिल्ला सदस्यहरू, पार्टी पंक्ति तथा सरोकारवालाहरूलाई अधिवेशन स्थगित भएको जानकारी गराइएको छ। साथै, अधिवेशन पुनः सञ्चालन हुने मिति, समय र बाँकी प्रक्रियावारे आधिकारिक जानकारी पछि सार्वजनिक गरिने उल्लेख गरिएको छ।
“सुशासन, समृद्धि र परिवर्तनको यात्रा” भन्ने नारासहित पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा आयोजना हुन लागेको अधिवेशन स्थगित भएपछि अब नयाँ मिति कहिले तय हुन्छ भन्ने विषयमा जिल्ला भरि चासो बढेको छ।
केन्द्रीय निर्वाचन आयोगले आगामी कार्यतालिकासम्बन्धी थप निर्देशन नआएसम्म प्रतीक्षा गर्न सबै सम्बन्धीत पक्षलाई आग्रह गरेको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः