बारामा ८ जना फरार प्रतिवादी प्रहरी नियन्त्रणमा

1200x150_1200x150-01.jpg (1)

कलैया – बारा जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहँदै आएका ८ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ।

बारा जिल्ला अदालतबाट दण्ड सजाय तोकिएपछि वारदात पश्चात फरार रहेका ती मानिसहरूलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलास गरी मिति २०८३ जेठ २५ गते नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबै प्रतिवादीहरूलाई आवश्यक कारबाहीका लागि बारा जिल्ला अदालत समक्ष दाखिल गरिएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिनुभएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा बैंकिङ कसूर, चेक अनादर, विदेशी विनिमय अपचलन तथा लेनदेन मुद्दाका प्रतिवादीहरू रहेका छन्:

१. छोटेलाल प्रसाद गुप्ता (४७ वर्ष): बारा सिम्रौनगढ नगरपालिका वडा नं. ५ निवासी। (मुद्दा: बैंकिङ कसूर – सजाय: १ महिना कैद र रु. ५,००,०००/- जरिवाना)

२. पुस्कर कुमार चौधरी (५५ वर्ष): बारा महागढीमाई न.पा. १ निवासी। (मुद्दा: चेक अनादर – सजाय: रु. १,०००/- जरिवाना)

३. भुलेन्द्र प्रसाद यादव (३९ वर्ष): बारा महागढीमाई न.पा. १ निवासी। (मुद्दा: चेक अनादर – सजाय: रु. १,५००/- जरिवाना)

४. विजय कुमार ठाकुर (३५ वर्ष): बारा महागढीमाई न.पा. १ निवासी। (मुद्दा: चेक अनादर – सजाय: रु. ५००/- जरिवाना)

५. गणेश कुमार सोनार (३५ वर्ष): बारा कलैया उ.म.न.पा. वडा नं. ४ निवासी। (मुद्दा: चेक अनादर – सजाय: रु. १,०००/- जरिवाना)

६. राजेश कुमार यादव (४२ वर्ष): बारा कलैया उ.म.न.पा. वडा नं. ८ निवासी। (मुद्दा: विदेशी विनिमय अपचलन – सजाय: रु. ३,०००,०००/- जरिवाना)

७. अरबिन्द कुमार (५० वर्ष): बारा विश्रामपुर गा.पा. वडा नं. ५ निवासी। (मुद्दा: लेनदेन बिगो – चालू मुद्दा)

८. पप्पु जयसवाल (३२ वर्ष): जिल्ला बारा कोल्हवी न.पा. १ निवासी। (मुद्दा: बैंकिङ कसूर – चालू मुद्दा)

बारा प्रहरीले पछिल्लो समय अदालतको फैसला कार्यान्वयन र फरार अपराधी पक्राउ गर्ने अभियानलाई तीव्रता दिँदै आएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः