गृहमन्त्रालयमा पुन : फर्किदै गुरुङ , आजै सफतको तयारी

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २६ –

गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङ पुनः सोही जिम्मेवारीमा फर्किने भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहले गुरुङलाई पुनः गृहमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मंगलबार अपराह्न ३ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ। मन्त्रिपरिषद्ले छानबिन समितिको प्रतिवेदन ग्रहण गरेपछि गुरुङलाई पुनः मन्त्रिपरिषद्मा ल्याउने निर्णय भएको हो।

गुरुङले आफ्नो सम्पत्ति विवरण र लगानीसम्बन्धी विषयमा विवाद उत्पन्न भएपछि वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

समितिले निर्वाचनअघि निर्वाचन आयोगमा बुझाइएको सम्पत्ति विवरण र मन्त्री भएपछि सार्वजनिक भएको सम्पत्ति विवरणको समेत अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो। उक्त प्रतिवेदन गत शुक्रबार प्रधानमन्त्रीलाई बुझाइएको थियो भने मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन ग्रहण गरेको जनाएको छ।

प्रतिनिधिसभा निर्वाचनपछि चैत १३ गते गठन भएको वालेन्द्र शाह नेतृत्वको सरकारमा गुरुङलाई पहिलो पटक गृहमन्त्रीको जिम्मेवारी दिइएको थियो। अब छानबिन प्रक्रिया टुंगिएसँगै उनी पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किने भएका छन्।

सम्बन्धित पोस्टहरुः