लालपुर्जा माग्दै सप्तरीको राजविराजमा तनाव

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २६ –

सप्तरीको राजविराज बजारका व्यवसायीहरूले ‘बिटौरी’ जग्गाको लालपुर्जा माग गर्दै लगाएको नगरपालिका कार्यालयको ताला मंगलबार प्रहरीले खोलेको छ। ताला खुलेपछि व्यवसायीहरूले सडकमा प्रदर्शन गर्दै बजार बन्द गराएका छन्।

व्यवसायीहरूले तीन सातादेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन्। उनीहरूले आफूहरूले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा नपाएको भन्दै तत्काल समाधानको माग गरेका छन्।

प्रहरीले ताला खोलेपछि आन्दोलनकारीले स्थानीय जनप्रतिनिधि र प्रशासनले समस्या समाधानमा उदासीनता देखाएको आरोप लगाउँदै प्रदर्शन तीव्र पारेका छन्।

यसअघि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले समस्या स्थानीय तहबाट समाधान हुन नसक्ने भन्दै सम्बन्धित मन्त्रालयमार्फत प्रक्रिया अघि बढिसकेको जानकारी दिएका थिए।

त्यसैगरी, युवा तथा श्रम रोजगार मन्त्री रामजी यादवले पनि समस्या संघीय तहबाट मात्र समाधान हुने बताउँदै काठमाडौंमा छलफलका लागि आग्रह गरेका थिए।

व्यवसायीहरूले ठोस निर्णय नभएसम्म आन्दोलन जारी रहने अडान दोहोर्याएका छन्।

सम्बन्धित पोस्टहरुः