सरकारको दाबी: मल पर्याप्त मौज्दात, अभाव नहुने आश्वासन

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २८ –

धान रोपाइँको मुख्य सिजन नजिकिँदै गर्दा रासायनिक मलको अभाव हुने चिन्ता बढिरहेका बेला सरकारले हाल पर्याप्त मल मौज्दात रहेको जनाएको छ।

राष्ट्रिय सभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चालु आर्थिक वर्षमा हालसम्मकै उच्च परिमाणमा मल आपूर्ति भएको जानकारी दिएकी हुन्।

मन्त्री चौधरीका अनुसार हालसम्म ५ लाख ५८ हजार ५२२ मेट्रिक टन रासायनिक मल आयात भएको छ, जसमध्ये ४ लाख ६८ हजार १६ मेट्रिक टन किसानसम्म वितरण भइसकेको छ।

उनका अनुसार हाल गोदाम तथा वितरण प्रणालीमा गरी १ लाख ३८ हजार ८०२ मेट्रिक टन मल मौज्दात रहेको छ, जसले तत्कालका लागि अभाव हुन नदिने सरकारको दाबी छ।

सरकारले असार मसान्तसम्म करिब ६ लाख मेट्रिक टन मल वितरण गर्ने लक्ष्य राखेको छ। साथै, धान सिजनलाई लक्षित गर्दै असार र साउनभित्र थप ९० हजार मेट्रिक टन मल आपूर्ति हुने सुनिश्चितता गरिएको मन्त्रीले बताइन्।

मन्त्रालयले मल आपूर्ति प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउने कार्य जारी रहेको जनाएको छ।

सम्बन्धित पोस्टहरुः