ओमानको खाडीमा अमेरिकी कारबाहीमा तीन भारतीय नाविकको मृत्यु

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २८ –

ओमानको खाडीमा अमेरिकी सेनाले गरेको सैन्य कारबाहीमा परी तीन जना भारतीय नागरिकको मृत्यु भएको छ। प्रारम्भमा बेपत्ता भनिएका ती नाविकहरूको शव फेला परेपछि घटनाप्रति भारतले दुःख व्यक्त गरेको छ।

भारतका बन्दरगाह, जलमार्ग तथा ढुवानी मन्त्री सर्बानन्द सोनोवालले घटनाको पुष्टि गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले उद्धार गरिएका अन्य चालक दलका सदस्यलाई सुरक्षित रूपमा स्वदेश फर्काउने र मृतकहरूको शव भारत ल्याउने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

घटनापछि भारतले नयाँदिल्लीस्थित अमेरिकी दूतावासका कार्यवाहक प्रमुखलाई बोलाएर औपचारिक रूपमा आपत्ति जनाएको छ। भारतीय पक्षले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै स्पष्ट जानकारी मागेको जनाएको छ।

अमेरिकी सेन्ट्रल कमाण्डले भने सम्बन्धित ट्यांकरले इरानबाट तेल ढुवानी गर्दै प्रतिबन्ध उल्लंघन गरेको दाबी गरेको छ। पटक–पटक चेतावनी दिँदा पनि बेवास्ता गरेपछि जहाजको इन्जिनलाई लक्षित गरी कारबाही गरिएको अमेरिकी पक्षको भनाइ छ।

यस घटनाले खाडी क्षेत्रमा बढ्दो सुरक्षा चुनौती र समुद्री मार्गमा कार्यरत विदेशी नागरिकको सुरक्षाबारे पुनः बहस सुरु भएको छ। साथै, क्षेत्रीय तनाव थप बढ्ने चिन्ता पनि व्यक्त गरिएको छ।

सम्बन्धित पोस्टहरुः