सेनाको हेलिकोप्टर दुर्घटना, २२ जनाको मृत्यु

1200x150_1200x150-01.jpg (1)

इस्लामावाद, २८ जेठ : पाकिस्तान नियन्त्रित काश्मिरमा बिहीबार सैनिक हेलिकोप्टर दुर्घटना हुँदा कम्तीमा २२ सैनिकको मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

पाकिस्तान नियन्त्रित कश्मीरको मुजफ्फराबाद जिल्लामा बुधबार भएको दुर्घटनामा एक कर्णेल र दुई मेजर तथा अन्य १९ जना सैन्यकर्मीको मृत्यु भएको स्रोतले जनाएको छ ।

यसअघि इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपिआर) ले जारी गरेको विज्ञप्तिमा हेलिकप्टरको उडानका क्रममा प्राविधिक खराबीका कारण दुर्घटना भएको थियो ।

“दुर्घटनाको वास्तविक प्राविधिक कारण पत्ता लगाउन छानविन समितिलाई आदेश दिइएको छ,” आइएसपिआरले भनेको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले हेलिकप्टर दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

सम्बन्धित पोस्टहरुः