फिफा विश्वकपको शुभारम्भमा मेक्सिको विजयी

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २९ –

फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकामाथि जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ। खेल निकै प्रतिस्पर्धात्मक र तनावपूर्ण बनेको थियो।

दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले रातो कार्ड पाएपछि मैदान छाड्नुपरेको थियो। उद्घाटन खेलमा दुवै टोलीका गरी तीन खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए।

यसै खेलमार्फत मेक्सिकोका युवा खेलाडी गिल्बर्टो मोराले विश्वकपमा डेब्यु गर्दै नयाँ कीर्तिमान बनाएका छन्।

उनी विश्वकप २०२६ का सबैभन्दा कान्छा खेलाडी बनेका छन् भने मेक्सिको र उत्तर अमेरिकाबाट विश्वकप खेल्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्। समग्र विश्वकप इतिहासमा उनी छैटौं कान्छा खेलाडी हुन्।

जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले ३ अंक जोड्दै नकआउट चरणतर्फ बलियो कदम चालेको छ। पराजित दक्षिण अफ्रिकामाथि भने सुरुआतमै दबाब बढेको छ।

यसै समूहअन्तर्गत अर्को खेल आज बिहान पौने ८ बजे चेक गणतन्त्र र दक्षिण कोरियाबीच हुने तालिका छ।

सम्बन्धित पोस्टहरुः