मधेस प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

1200x150_1200x150-01.jpg (1)

जनकपुर, जेठ २९ –

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।

बिहीबार बसेको प्रदेश सभा बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेसँगै प्रदेश सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको हो।

सभामुख रामआशीष यादवले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्दा कुनै विरोध नआएपछि सर्वसम्मत पारित भएको घोषणा गरेका थिए।

यसअघि विभिन्न माग राख्दै विपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका थिए। तर सर्वदलीय बैठकपछि मुख्यमन्त्री कृष्ण यादवले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि अवरोध हटेको हो।

नीति तथा कार्यक्रम पारित भएसँगै अर्थमन्त्री युवराज भट्टराईले बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन्।

प्रदेश सरकारले कृषि, रोजगारी, शिक्षा, स्वास्थ्य तथा सुशासनलाई प्राथमिकतामा राख्दै दीर्घकालीन विकास लक्ष्यमा केन्द्रित हुने जनाएको छ।

प्रदेश सभा बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ।

सम्बन्धित पोस्टहरुः