पर्सागढीमा किशोरी शिक्षा कार्यक्रमको अनुगमन सम्पन्न

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २९ –

पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन सम्पन्न भएको छ।

क्याप्टिभेटिङ्ग इन्टरनेशनल फाउन्डेसनको सहयोग र आसमान नेपालको आयोजनामा सञ्चालित कार्यक्रमअन्तर्गत विद्यालय बाहिर रहेका किशोरीलाई लक्षित गरी द्रुत सिकाइ कार्यक्रम सञ्चालन गरिएको हो।

अनुगमनका क्रममा ९ देखि १८ वर्ष उमेर समूहका ६७ किशोरीमध्ये ५५ जना पुनः विद्यालय भर्ना भएको जानकारी दिइएको छ।

विद्यालयमा फर्किन नसकेकालाई आयआर्जनमुखी तथा व्यवसायिक सीप विकासतर्फ जोड्ने तयारी भइरहेको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय प्रतिनिधि तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो।

सम्बन्धित पोस्टहरुः