मोटरसाइकल दुर्घटनामा गुभाजु गम्भीर घाइते

1200x150_1200x150-01.jpg (1)

वीरगंज, २९ जेठ । मोटरसाइकल दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

जेठ २८ गते राति ८ः३० बजेको समयमा बाराको जितपुरसिमरा उ.म.न.पा.–९ छातापिपरा नजीकै पथलैयाबाट वीरगंज जाँदै गरेको ना.३५प. ४९७३ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा वीरगंज–६ रेशमकोटी बस्ने वर्ष ५४ को सरोज गुभाजु घाइते भएको बारा प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, जीतपुरबाट प्रबनानि उमेश निरौलाको टोलीले घाइते मोटरसाइकल चालक गुभाजुको उद्धार गरेको थियो।

टाउको, अनुहार, हात खुट्टामा चोट लागी घाइते भएका चालकको एसएल न्युरो अस्पताल परवानीपुरमा उपचारपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पोस्टहरुः