विभिन्न सात स्थानमा अन्तर्राष्ट्रिय योग दिवस मनाइने

1200x150_1200x150-01.jpg (1)

वीरगंज, २९ जेठ ।
भारतीय महावाणिज्य दूतावास, वीरगंजले यस वर्षको १२ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विभिन्न स्थानीय निकाय र संस्थाहरूसँगको सहकार्यमा भव्य योग कार्यक्रमहरू आयोजना गर्ने भएको छ ।
यही जुन २१, २०२६ मा ‘स्वस्थ बुढ्यौलीका लागि योग’ नाराका साथ यो दिवस मनाइँदैछ ।
नाराले जीवनको हरेक चरणमा योगको महत्वलाई दर्शाउने र नियमित योग अभ्यासले मानिसलाई स्वस्थ, सक्रिय र आत्मनिर्भर जीवन बिताउन प्रेरित गर्ने दूतावासले जनाएको छ ।
अन्तर्राष्ट्रिय योग दिवसको मुख्य कार्यक्रम जुन २१, २०२६ मा बिहान ५ः३० बजे वीरगंजको शंकराचार्य गेटमा आयोजना हुनेछ । यो कार्यक्रम यस वर्ष महावाणिज्य दूतावासले आयोजना गर्न लागेको सबैभन्दा ठूलो योग कार्यक्रम हुने अपेक्षा गरिएको छ ।
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि दूतावासले विभिन्न जिल्लाका सातवटा प्रमुख स्थानहरूमा बिहान ५ः३० बजेदेखि योग कार्यक्रमहरू सञ्चालन गर्दैछ ।
जुन १३ मा पचगावामा सखुवा प्रसौनी गाउँपालिकाको सहयोगमा, जुन १६ मा नारायणी नदी किनार भरतपुर (चितवनमा, जुन १७ मा रोयल पार्टी प्यालेस, हेटौंडा, मकवानपुरमा, जुन १८ का दिन श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमुना मावि, पोखरियामा, जुन १९ का दिन श्री जानकी मन्दिर परिसर, जनकपुरधाम, धनुषामा, जुन २० का दिन विवाह मण्डप, गढीमाई मन्दिर नजिक बारामा, जुन २१ तारिखमा शंकराचार्य गेट, वीरगंज योग शिविरको आयोजना गरिएको छ ।
आयोजना हुन लागेका यी सबै योग कार्यक्रमहरू पूर्ण रूपमा निश्शुल्क र सबैका लागि खुला रहने महावाणिज्य दूतावास वीरगंजका महावाणिज्यदूत देवी सहाय मीणाले जानकारी गराएका छन् । योग अभ्यासमा सहभागी हुन चाहने इच्छुक महानुभावहरूलाई निर्धारित समयभन्दा केही समय अगावै कार्यक्रम स्थलमा आइपुग्न समेत महावाणिज्य दूतावासले अनुरोध गरेको छ ।

सम्बन्धित पोस्टहरुः