ट्राफिक प्रमुख प्रहरी निरीक्षक कटुवाल सम्मानित

1200x150_1200x150-01.jpg (1)

वीरगञ्ज, २९ जेठ । प्रकृति सेवा प्रतिष्ठान नेपालले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक (प्रनी) युवराज कटुवाललाई सम्मानित गरेको छ। वीरगञ्जस्थित गेटवे होटलको सभाहलमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो।

वातावरण दिवस २०८३ को अवसरमा प्रतिष्ठानद्वारा आयोजित साताव्यापी सरसफाइ, जनचेतनामूलक साइकल र्‍याली तथा वृक्षारोपण कार्यक्रमलाई सुरक्षित र व्यवस्थित रूपमा सफल पार्न सक्रिय योगदान दिएको भन्दै उनलाई सम्मानित गरिएको हो। कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार एवं समाजसेवी भगवान श्रेष्ठले दोसल्ला ओढाएका थिए भने अध्यक्ष एवं वातावरणविद् जसपाल सिंहले प्रशंसा पत्र प्रदान गरेका थिए।

सम्मानित भएपछि प्रनी कटुवालले वातावरण स्वस्थ रहे मात्र हामी स्वस्थ रहने चर्चा गर्दै यस सम्मानले आफ्नो कामप्रति थप हौसला र जिम्मेवारी थपेको भन्दै प्रतिष्ठानप्रति आभार व्यक्त गरे। प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको अगुवाइमा भएको उक्त कार्यक्रममा समाजसेवी भगवान श्रेष्ठ, नेहा श्रेष्ठ, सञ्चारकर्मी आकाश पटेल लगायतको सहभागिता थियो भने कार्यक्रमको सहजीकरण सदस्य एवं सञ्चारकर्मी लालबाबु सिंहले गरेका थिए।

सम्बन्धित पोस्टहरुः