नमोबुद्ध बस दुर्घटनामा ज्यान गुमाउने ८ जनाको पहिचान खुल्यो

1200x150_1200x150-01.jpg (1)

वीरगंज , जेठ – ३०

काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउने सबै ८ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीका अनुसार सबै मृतकको पहिचान पुष्टि भएको हो ।

ज्यान गुमाउनेमा सिन्धुलीको घ्यालेख गाउँपालिका–४ की २२ वर्षीया सूर्म लामा, नेपाली सेनामा अमल्दारका रूपमा कार्यरत दैलेखका ३० वर्षीय बमबहादुर भण्डारी रहेका छन् । त्यस्तै रोशी गाउँपालिका–६ का ७३ वर्षीय मेघबहादुर तामाङ, ७५ वर्षीय इन्द्रबहादुर तामाङ, ५५ वर्षीय राजु तामाङ, रोशी–७ की ३४ वर्षीया फूलमाया तामाङ, ६० वर्षीया माया लामा र रोशी–८ की ६० वर्षीया प्यारीमाया तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

बनेपाबाट रोशी–६ सुघुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस बीपी राजमार्गअन्तर्गत नमोबुद्धमा दुर्घटनामा परेको थियो । दुर्घटनामा १७ जना घाइते भएका छन् र उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः