इरान–अमेरिका शान्ति सम्झौता नजिक, पाकिस्तानको दाबी

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ ३० –

पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले इरान र अमेरिकाबीच शान्ति सम्झौताको सहमति नजिक पुगेको बताउनुभएको छ । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उहाँले दुवै पक्षसँग पाकिस्तानले निरन्तर संवाद गरिरहेको र शान्ति अहिलेसम्मकै नजिक पुगेको उल्लेख गर्नुभएको हो ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानले यसै हप्ताभित्र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दाबी गर्नुभएको थियो ।

त्यसैगरी इरानका विदेशमन्त्री अब्बास अराग्चीले पनि सम्झौता नजिक रहेको बताउनुभएको छ । तर पूर्वशर्तहरू पूरा नभएसम्म अन्तिम निष्कर्षमा पुग्न नसकिने भन्दै उहाँले सतर्क रहन आग्रह गर्नुभएको छ ।

उहाँका अनुसार इरानको आणविक कार्यक्रम, प्रतिबन्ध फुकुवा र रोक्का सम्पत्ति खोल्ने विषयमा सहमति हुन बाँकी छ । साथै हर्मुज जलमार्गमा इरान र ओमानको सार्वभौमिकता कायम रहने र यसको व्यवस्थापन भविष्यमा नयाँ ढङ्गले गरिने बताइएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः