प्रहरीद्वारा ३२ जना फरार प्रतिवादी नियन्त्रण

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ३० जेठ। जिल्ला प्रहरी कार्यालय पर्साले फैसला कार्यान्वयनतर्फ बिभिन्न मुद्दाका ३२ जना फरार प्रतिवादीहरू नियन्त्रणमा लिएको छ।

सम्मानित पर्सा जिल्ला अदालतबाट विभिन्न मिति र समयमा भएको फैसला कार्यान्वयन गर्ने सिलसिलामा जिप्रका, पर्सा तथा मातहत समेतबाट कैद असुल तथा फैसला कार्यान्वयन बिशेष टोलीले जेठ २९ गते विभिन्न मुद्दामा जरिवाना तोकिएका ३२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी पर्सा जिल्ला अदालतमा दाखिला गरिएको  हो। 

वीरगंज महानगरपालिका वडा नं. ०८ बस्ने मोहन प्रसाद कलवार ( मुद्दा शिर्षक – जालसाझी ), पर्सा जिल्ला साविक बसडिलवा ३ बस्ने राम हजरा दुसाद (मुद्दा शिर्षक – कुटपिट), साविक उदयपुरघुर्मी ३ बस्ने जगदिश राउत अहिर (मुद्दा शिर्षक – कुटपिट/लुटपिट), साविक सिसर्वा ५ बस्ने चोकट साह तेलि (मुद्दा शिर्षक – लुटपिट), साविक निचुटा ६ बस्ने सैनुल चुहारीन ( मुद्दा शिर्षक – जालसाझी), वीरगंज महानगरपालिका वडा नं. १६ बस्ने बसुदिन अंसारी (मुद्दा शिर्षक – हानि नोक्सानी), साविक सुगौलि विर्ता ६ बस्ने तिलक पंडित कुम्हार (मुद्दा शिर्षक – जालसाझी), साविक बसतपुर ६ बस्ने लक्ष्मी साह कानु (मुद्दा शिर्षक – लुटपिट), साविक ईनर्वासिरा ९ बस्ने कालिका सिंह राजपुत (मुद्दा शिर्षक – गैरकानुनि साधारण सभाको कारवाहि), साविक निचुटा ३ बस्ने पुष्पराज कोईराला (मुद्दा शिर्षक–जालसाझि), 

साविक बिन्दवासनी ३ बस्ने सिमारेखा देवी बरैनि (मुद्दा शिर्षक –करकाप), बिन्दवासनी गाउँपालिका ३ बस्ने रामानन्द प्रसाद चौरसिया (मुद्दा शिर्षक – जालसाझी), साविक प्रसौनि बिर्ता ४ बस्ने मन्तुल्ला अंसारी (जालसाझी), वीरगंज महानगरपालिका वडा नं. १८ बस्ने लिलावति देवी (सम्बन्ध बिच्छेद), साविक बैरिया बिर्ता ९ बस्ने गगनदेव मुखिया बिन (जालसाझी), वीरगंज–१६ बस्ने नविउल्लाह अंसारी (जालसाझि ), वीरगंज महानगरपालिका वडा नं. १६ बस्ने मोसलम खातुन (जालसाझी), वीरगंज महानगरपालिका वडा नं. १६ बस्ने नौसाद अंसारी (जालसाझी ), पोखरिया नगरपालिका वडा नं. ५ बस्ने रामजी साह रौनियार (जालसाझि), वीरगंज महानगरपालिका वडा नं. १९ बस्ने जमिला खातुन तेलिन (सम्बन्ध बिच्छेद), साविक बागेश्वरि तित्रौना २ बस्ने ज्ञानि देवी अहिरिन (सम्बन्ध बिच्छेद), साविक मसिहानी ५ बस्ने बसमति देवि मलाहिन (जालसाझी), जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. ३ बस्ने सहनाज खातुन (नाता कायम), साविक अलौ ५ बस्ने सुनिता देवी भन्ने अनिता देवी तेलिन (जालसाझि), वीरगंज महानगरपालिका वडा नं.२० बस्ने रमेश महरा (लेनदेन बिगो ), जीराभवानी गाउँपालिका वडा नं. ३ बस्ने पारसनाथ प्रसाद दास (बैंकिङ कसुर ), बारा जिल्ला फेटा गाउँँपालिका वडा नं. ४ बस्ने बिरेन्द्र प्रसाद यादव (चेक अनादर ), पर्साको जगरनाथपुयर गाउँँपालिका वडा नं. ५ बस्ने नयनबती देवी (चेक अनादर ), बिन्दवासनी गाउँँपालिका वडा नं. ३ बस्ने जितेन्द्र कुमार चौरसिया (चेक अनादर ), साविक भेडिहारी ७ बस्ने भरत हजरा (जालसाझि ), पटेर्वासुगौली गाँउपालिका वडा नं. ०८ बस्ने जवाहिर खवास (जालसाझि), साविक पशुरामपुर २ बस्ने दुर्गा साह गोढ (लुटपिट ) लाई नियन्त्रणमा लिएर पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको जिप्रका, पर्साले जानकारी गराएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः