परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ ३१ –

परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्दैछन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा उनले बेइजिङमा चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्नेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले चीन सरकारका उच्चस्तरीय पदाधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्तामा नेपाल–चीन सम्बन्ध तथा विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तारबारे छलफल हुने जनाइएको छ ।

भ्रमणका दौरान बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा पनि मन्त्री खनाल सहभागी हुनेछन् । सम्मेलनमा उनले चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्दै नेपालमा लगानीका सम्भावना र अवसरबारे जानकारी गराउने कार्यक्रम रहेको छ ।

खनाल नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उत्तर–पूर्वी महाशाखा प्रमुख भृगु ढुंगना, बेइजिङस्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाललगायत सहभागी छन् ।

सम्बन्धित पोस्टहरुः