ब्राजील-मोरक्को १–१ गोलको बराबरीमा रोकिए

1200x150_1200x150-01.jpg (1)

काठमाडौं, ३१ जेठ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा पाँच पटकको विश्व विजेता ब्राजील मोरक्कोसँग १–१ गोलको बराबरीमा रोकिएको छ।
आइतवार बिहान न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेल बराबरीमा टुंगिएसँगै दुवै टोलीले १–१ अङ्क बाँडेका छन।
खेलको शुरूवातमा मोरक्कोले उत्कृष्ट प्रदर्शन गर्दै दबाब सिर्जना गरेको थियो। २१औँ मिनेटमा ब्राहिम डियाजको पासलाई सदुपयोग गर्दै आई. साइवारीले सुन्दर गोल गरेर मोरक्कोलाई अग्रता दिलाएका थिए।
तर, मोरक्कोको यो अग्रता धेरै समय टिक्न सकेन। खेलको ३२औँ मिनेटमा ब्राजीलका स्टार फरवार्ड भिनिसियस जुनियरले बराबरी गोल फर्काए।
उनले बु्रनो गुइमारेसको उत्कृष्ट पासमा गोल गर्दै खेललाई १–१ को स्थितिमा ल्याएका थिए। पहिलो हाफमै बराबरी भएको खेलमा दोस्रो हाफमा दुवै टोलीले निर्णायक गोलका लागि निकै प्रयास गरे पनि सफल हुन सकेनन।
इनजुरी समयको अन्तिम मिनेटसम्म पनि दुवै टोलीले जितका लागि निकै संघर्ष गरेका थिए। खेलमा मोरक्कोको रक्षापंक्तिले ब्राजिलियन आक्रमणलाई दोस्रो हाफमा पूर्ण रूपमा विफल तुल्याइदिएको थियो।
यो बराबरीसँगै समूह ‘सी’ मा रहेका ब्राजील र मोरक्कोले समान १–१ अङ्क बाँडेका छन। यसै समूहमा स्कटल्याण्ड र हाइटी पनि रहेका छन।

सम्बन्धित पोस्टहरुः