वीरगंज, ३१ जेठ ।
विश्व रक्तदाता दिवस–२०२६ को अवसरमा भारतीय महावाणिज्य दूतावास, वीरगंजले रक्तदान शिविर सम्पन्न गरेको छ।
महावाणिज्य दूतावासले नेपाल–भारत मैत्री संघ (निफा) पर्सा, नेपाल इनोभेटिभ सोसाइटी वीरगंज, नेपाल रेडक्रस सोसाइटी वीरगंज तथा नेपाल यंग इन्टरप्रेन्योर्स फोरम वीरगंजसँगको सहकार्यमा दूतावास परिसरमा रक्तदान शिविर आयोजना गरेको हो।
शिविरमा युवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले स्वेच्छिक रक्तदान गर्दै मानव सेवामा योगदान पुर्याएका थिए।
भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले रक्तदाताहरूसँग भेटघाट गर्दै उनीहरूको योगदानको प्रशंसा गर्नुभयो। उहाँले रक्तदानले आवश्यक परेका बिरामीलाई नयाँ जीवन प्रदान गर्ने उल्लेख गर्दै रक्तदाताहरूको निस्वार्थ सेवा मानवताको उत्कृष्ट उदाहरण भएको बताउनुभयो।






