भिस्वा डाँडामा सरसफाइ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ३१ जेठ ।
बिकन स्कुलका विद्यार्थीहरूको आयोजनामा वीरगंज–१५ स्थित भिस्वा डाँडा परिसरमा व्यापक सरसफाइ अभियान सञ्चालन गरिएको छ ।
विद्यालय सञ्चालक प्रकाश उपाध्यायको नेतृत्वमा सम्पन्न कार्यक्रममा प्रकृति सेवा प्रतिष्ठान नेपाल का संस्थापक अध्यक्ष सरदार जसपाल सिंह, सचिव अविनाश झा, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव तथा समाजसेवी श्रवणबहादुर रायमाझी, स्कुलका लेखापाल तथा प्रशिक्षक सुभाष सिंह, कार्यक्रम संयोजक शिक्षक रोहित शर्मा, बिकन सोसल वेलफेयर युनिटका संयोजक सौरभ गिरि लगायत शिक्षक तथा विद्यार्थीहरूले भिस्वा डाँडा परिसरमा रहेको फोहोर सङ्कलन गरी वातावरण सफा बनाउनुका साथै स्थानीय बासिन्दालाई सरसफाइको महŒववारे जानकारी दिएका थिए। सरसफाइ अभियानसँगै वातावरण संरक्षण, फोहोर व्यवस्थापन तथा सार्वजनिक स्थलहरूलाई स्वच्छ राख्ने विषयमा जनचेतनामूलक सन्देशसमेत प्रवाह गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष सरदार जसपाल सिंह ले फोहोर उत्पादन नै कम गर्न सके सरसफाइको आवश्यकता पनि न्यून हुने बताए। उनले फोहोरलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्न सके वातावरण स्वच्छ र स्वस्थ रहने उल्लेख गर्दै घर, टोल, गाउँँ तथा शहरलाई सधैं सफा राख्न सबै नागरिक जिम्मेवार बन्नुपर्ने धारणा राखे। स्वच्छ वातावरणले व्यक्ति, परिवार, समाज र राष्ट्रको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले सरसफाइलाई जीवनशैलीको हिस्सा बनाउनुपर्ने उनको भनाइ थियो।
त्यसैगरी स्कुलका सञ्चालक प्रकाश उपाध्याय ले सरसफाइ मानव जीवनको अत्यन्त महŒवपूर्ण पक्ष भएको उल्लेख गर्दै यसले मानिसलाई निरोगी र स्वस्थ राख्न मद्दत गर्ने बताए। उनले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व र वातावरणप्रतिको चेतना विकास गर्ने उद्देश्यले विद्यालयमा सोसल वेलफेयर युनिट गठन गरिएको जानकारी दिएका छन् ।

भर्खरै

सम्बन्धित पोस्टहरुः